प्रहरीको चेकिङमा स्कुल बस: १ सय १७ मा गल्ती, ७ कारवाहीमा

पाेखरा | माघ १३, २०७९

प्रहरीको चेकिङमा स्कुल बस: १ सय १७ मा गल्ती, ७ कारवाहीमा

पोखरा:     जिल्ला प्रहरी ट्राफिक कार्यालय कास्कीले सवारी दुर्घटना न्यूनिकरण गर्न स्कुल बसलाई चेकिङ गर्न थालेको छ । 


पोखराको बजारभित्र सञ्चालन भएको स्कुल बसहरुमा क्षमता भन्दा बढी विद्यार्थीहरु राखेको पाइएपछि स्कुल बसहरुलाई चेकिङ गर्न थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए । 


१४१ वटा बस चेकिङ गरिएको थियो । पाठकले भने, ‘११७ वटा बसमा गल्ति भेटिएको छ । ७ वटा बस कारवाहीमा परेका छन् ।’


‘पोखरा भित्र रहेका स्कुल बसहरुले ट्राफिक नियम पालना नगरेको व्याकप गुनासो आएपछि अनुगमनलाई तिव्रता दिएका छौं, पाठकले भने, ‘अनुगमनको क्रममा स्कुल बसमा क्षमता भन्दा बढी विद्यार्थीहरु राखेको पाएका छौं ।’ 


‘स्कुल बसका चालकहरुले लाइन्सेस देखि बसको कागजपत्रहरु समेत साथमा नराखेको पाइएको छ । सम्बन्धित विद्यालयलाई पत्र काटेर यसलाई नियन्त्रण गर्न छलफल गरेर कारवाहीको प्रक्रिया अगाडी बढाउँछौं ।’ पाठकले भने । 


बुधबारदेखि स्कुल बसहरुलाई बढी चेकिङ गर्न सुरु गरेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्